माओवादी झन् खराब हो कि भन्ने परेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकलाई माओवादी झन् खराब हो कि भन्ने पर्न थालेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा निर्वाचित पार्टीका जनप्रतिनिधिका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बुधबार प्रचण्डले अहिले अरु दल र माओवादीबीचको फरक मेटिएको बताए । ‘हाम्रो पार्टीलाई पनि क्रमशः पहिचानको संकट आउन थालेको छ’ प्रचण्डले भने, ‘हुनत हामीले हाम्रा दस्तावेजमा, व्याख्या विश्लेषण गर्दा हामी क्रान्तिकारी हौं भन्छौं, तर अरु संसदवादी पार्टी र माओवादीबीचको पहिचान क्रमश मेटिएको हो कि ? कतिपय स्थितिमा माओवादी प्रतिनिधि अझ खराब पो छन् कि भन्ने परेको छ । तर त्यो कुरा होइन ।’

विगतमा सशस्त्र युद्धका क्रममा जनताको काममा सहयोग गर्ने गरे पनि अहिले त्यो कम हुँदै गरेको उनले बताए । उनले भने, ‘अहिले हाम्रो व्यवहार त्यस्तो छैन, हामीले जे भन्छौं त्यो गरिरहेका छैनौं । हाम्रो गराई अरु संसदवादी, बुर्जुवा अपर्चुनिस्टहरुको भन्दा फरक देखिन छाड्यो ।’

यो पनि पढ्नुहोस् – नकाठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको, तर २०७४ को चुनावपछि एमालेले झै दम्भ, कांग्रेसले देखाए विद्रोह गर्नुको विकल्प नहुने उनले बताए ।

पार्टीको तर्फबाट देशभरका १२२ स्थानीय तहको प्रमुख तथा १२८ उपप्रमुखमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा प्रचण्डले माओवादीप्रति जनताको मोह भंग नभइसकेको बताए । तर सच्चिओस् भन्ने सन्देशका साथ तेस्रो शक्ति बनाएर राष्ट्रिय राजनीतिको चाबी हातमा राखिदिएको टिप्पणी गरे ।

तेस्रो शक्तिका रुपमा माओवादीले कहिले एमालेको त कहिले कांग्रेसको दम्भ बढाइदिने गरेको आरोप समेत लाग्ने गरेको भन्दै उनले भने, ‘हाम्रा बाध्यता पनि छ, आवश्यकता पनि छ, कमीहरु पनि होलान् ।’

राम्रो उद्देश्य राखेर एमालेसँग चुनावी तालमेलका साथै पार्टी एकता गरेको भए पनि अवसरवादीहरुले त्यसलाई दुरुपयोग गरेको उनले सुनाए । ‘अहिले कांग्रेसको त्यस्तै होला कि भन्ने डर पैदा भएको छ’ प्रचण्डले भने, ‘हामीले मिहिनेत गरेर प्रधानमन्त्री बनाएको हो, भइराख्नुस् भन्ने पनि छ । तर एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले पनि एमालेलाई जस्तो ठेगान लगाउन दिन नआओस् ।’

यद्यपि आफू अहिले पनि गठबन्धन कायम राख्ने पक्षमा रहेको उनले पटकपटक दोहो¥याए । हिजो एमालेको जस्तो अहंकार कांग्रेसमा नआओस् भन्ने मात्र चाहेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘अहंकार र दम्भ आयो भने फेरि विद्रोह गर्ने हो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय