ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

दाङ । दाङको मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमही आउँदै गरेको लु.अ.अ.जे ७००३ नम्बरको मिनी ट्रकले राप्ती गाउँपालिका–४ श्रीनारायण चोक नजिकै ठक्कर दिंदा सोही ठाउँका ५२ वर्षीय बोलु गिरीको मृत्यु भएको हो ।

बिहान ५ बजे गिरी सडकको छेउमा हिंडिरहेका बेला ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहाले जानकारी दिए । ट्रकको ठक्करबाट गिरीको घटनास्थलमै मृत्यु भएको उनले बताए । मृतकको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो पनि पढ्नुहोस् – काठमाडौं । सरकारले एकाएक सुपारी आयातमा लाग्ने अन्तःशुल्क उच्च दरमा बढाएको छ । तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारततर्फ तस्करी गर्नेहरुलाई निरुत्साहित गर्ने गरी सरकारले सुपारी आयातमा किलोकै थप ७५ रुपैयाँ कर लिन सुरु गरेको छ ।

आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आएको बजेटबाटै सरकारले सुपारीसहित विभिन्न तस्करीको जोखिम रहेका वस्तुको अन्तःशुल्क दर बढाएको हो । जानकारहरुका अनुसार राजनीतिक नेतृत्व र व्यापारीको मिलेमतोमा सुपारी तस्करी धन्दा नेपालमा लामो समयदेखि स्थापित अवैध कारोबार हो । भारतमा नेपालमा सुपारी सस्तो हुँदा तेस्रो मुलुकबाट सुपारी आयात गरी अवैध बाटोबाट भारतीय बजारमा तस्करी हुँदै आएको छ ।

सुपारी आयातमा सरकारले कोटा दिनुपर्ने भएकाले त्यस्तो कोटा वितरणमा नाम चलेका देशभित्रका व्यवसायिक घराना र राजनीतिक नेतृत्वबीच ठूलो रकमको लेनदेन हुने गरेको ‘ओपन सेक्रेट’ जस्तै छ ।

भारतीय बजारभन्दा नेपाली बजारमा सुपारीको मूल्य सस्तो भएका कारण तस्करी मौलाएको भन्दै सरकारले यसपटकको बजेटमा सुपारीको आयातमा भन्सार दर झण्डै दोब्बरले बढाएको छ । यसअघि प्रतिकेजी २५ रुपैयाँ रहेको सुपारीको अन्तःशुल्क अब प्रतिकेजी एक सय रुपैयाँ पुगेको छ । भन्सार दर बढेपछि नेपालमा आयात हुने सुपारी महँगो भई भारतीय बजारकै हाराहारी पुग्ने अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।

भारतले नेपालबाहेकका मुलुकबाट आयात प्रतिबन्ध गरेको सुपारी इन्डोनेसिया, थाइल्यान्ड र मलेसियाबाट नेपाल ल्याएर नेपालबाट खुला सीमाको फाइदा उठाएर भारत तस्करी हुने गरेको छ । नमूना सुपारी खेती विकास संस्था झापाका अनुसार भारतमा तस्करी गर्नकै लागि हरेक वर्ष सुपारी नेपाल भित्राउने गरिएको छ । नेपालमा उत्पादन भएको सुपारी बिक्री नहुने अवस्था हुँदा पनि सुपारीको आयातमा ठूलो विदेशी मुद्रा बाहिरिने गरेको छ ।

भारत र नेपालमा सुपारीको मूल्यांकन प्रतिटन १ हजार ५ सय डलरभन्दा बढी अन्तर थियो । भारतले सुपारीमा भन्सार महसुल प्रतिकिलो १११ र जीएसटी २८ प्रतिशत तोकेको छ ।

नेपालले अहिलेसम्म भन्सार प्रतिकिलो ४५ रुपैयाँ र अन्तःशुल्क २५ रुपैयाँसहित १३ प्रतिशत भन्सार लिँदै आएको थियो । अब आयात गर्दा प्रतिकिलो सुपारीको लागत ७५ रुपैयाँ बढ्ने भएकाले तस्करहरु स्वतः निरुत्साहित हुने सरकारको अपेक्षा छ । अब नेपालमा एक केजी सुपारी आयात गर्न प्रतिकिलो १६३ रुपैयाँ राजस्व तिर्नुपर्ने अवस्था आएको छ ।

भारत र नेपालको सुपारीको मूल्य बराबर भएपछि अब तस्करी औचित्य नहुने अर्थ मन्त्रालयको दाबी छ । गुटखा लगायतका स्वदेशी उद्योगमा खपतका लागि भन्दै ल्याइने सुपारी अबैध मार्गबाट भारतीय बजारमा पुग्ने गरेको छ । यस्तै सरकारले केराउ र मरिचको अन्तःशुल्कसमेत बढाएको छ । केराउ र मरिच पनि अवैध बाटोबाट भारत तस्करी हुने मुख्य वस्तुमा पर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय