काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मान्छेको टाउको काटेर हत्याराको रुपमा जेल गएको होइन भन्दा के हुन्छ भन्दै प्रश्न गरेका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले प्रश्न गरे, ‘तपाईंहरु टाउको काट्ने मान्छे होइन ? हत्याराको रुपमा जेल बसेको होइन ? भन्यो भने के हुन्छ ? त्यो भन्नु जायज हुन्छ ?’ प्रश्नपछि प्रचण्डले अहिले परिस्थिति भिन्दै भइसकेको अवस्थामा यस्तो भन्नु जायज नहुने भन्दै एकअर्कालाई अपमानित गर्न नहुने बताए ।
ओलीलाई सोधको प्रश्नको आफैले जवाफ दिंदै प्रचण्डले अघि भने, ‘यस्तो भन्नु विल्कुलै जायज होइन । अहिले परिस्थिति नितान्त भिन्न भैसकेको छ । हामीले ती कुरालाई पटक-पटक एकले अर्कालाई अपमानित गर्ने ढंगले लियौं भने हामी यो सिस्टममार्फत नेपाली जनतालाई जे दिन खोजेका छौं त्यो दिन सकिने छैन् ।’
यो पनि पढ्नुहोस् – स्थानीय तह २०७९ को निर्वाचनमा तपाईं, हामी एउटै चुनावी मैदानमा थियौँ। आ-आफ्ना एजेन्डा र मुद्दामा बहस गर्यौँ, नागरिक माझ पुग्यौँ। यहाँलाई आम मुसिकोटवासीले मुसिकोट नगरपालिकाको नगर-प्रमुख जस्तो गरिमामय पदमा निर्वाचित गर्नुभयो।
हामी लगायत अन्य प्रतिस्पर्धामा उभिएकाहरुलाई पुनः लगाव सङ्गै बलियो प्रतिपक्षी बनेर मुसिकोट बनाउने अभियानमा लाग्न नागरिकले अभिमत दिए। स्थानीय तह निर्वाचनको दोश्रो इनिङमा यो नगरको नेतृत्व गर्ने सुवर्ण अवसर तपाईलाई प्राप्त भयो।यसका लागि तपाईलाई हार्दिक बधाई एवम सफल कार्यकालको हार्दिक मङ्गलमय सुभकामना ब्यक्त गर्न चाहान्छु।
यसपालि मुसिकोटवासीले भौगोलिक रुपमा अत्यन्तै न्याय गरेर नेतृत्व छनौटमा आफ्नो अभिमत प्रयोग गरेका छन। यो नेतृत्वमा निर्वाचित हुनेहरुलाई पनि राम्रो अवसर हो। अब निर्वाचित टिमले यो अवसरलाई कसरी लिने भन्ने मुख्य कुरा हो। अघिल्लो स्थानीय तह सरकारले पनि धेरै काम गरेको छ। यद्यपि परिणाममुखी काम गर्न नसक्दा, अघिल्लो निर्वाचनबाट निर्वाचित टिमसङ्ग नागरिक खुसी महशुस भएको हामिले आभास गरेका छैनौँ, परिणाम देखिएको पनि छैन।
तपाईहरुलाई अब्बल सावित हुन पनि केही बिल्कुलै फरक गर्नुपर्ने छ। तपाईं लगायत तपाईको टिम भुई मान्छे सङ्गै पुग्न सकोस र भुई मान्छेको अवस्था परिवर्तन गर्ने कुरामा लाग्न सकोस्। नेतृत्वमा पुग्ने बित्तिकै कुनै कायापलट हुन्छ भन्ने हाम्रो मानसिकता छ, त्यो बिल्कुल गलत हो। यद्यपि सहि नीति र काम गर्ने इच्छाशक्ति हुने हो भने बिल्कुलै फरक काम गर्न नसकिने भने होइन।
अघिल्लो स्थानीय सरकारले अहिलेको लागि धेरै जग हालिदिएको छ। यहाँले त्यो जगमा टेकेर समाजका भुई मान्छेहरु अटने एउटा समुन्नत समाज र खुसी नागरिक बनाउने कर्ममा लाग्नुहुनेछ भन्नेमा बिश्वास व्यक्त गर्न चाहन्छु। तपाईं आफैमा शालीन र बौद्धिक हुनुहुन्छ, जसकारणले आम मुसिकोटवासीले नगरको नेतृत्व तपाईमाथि सुम्पिएका छन। यसको अर्थ यो होइन कि कसैको कुरा सुन्नुहुदैन।
सालिमे अदुवा, बेसार तथा कृषि फार्म –यो समाज कस्तो छ तपाई आफैलाई थाहा छ, भिड र जितको पछि लागिहाल्ने, चाप्लुसी गरिहाल्ने पात्रहरु धेरै छन, जोगिनुहोला।अघिल्लो सरकारका केही नेतृत्वले तेस्तै संयमता नअपनाउदा हामिले परिणाम पाउन सकेनौं। त्यसैले बेलैमा त्यस्ता पात्र पहिचान गर्न सक्नुभएन भने भोलि हामिले अपेक्षा गरेको परिणाम आउने कुरामा ती र तेस्तै प्रकृतिका कुराहरु घातक बन्न सक्छन। त्यसैले कार्यगत कुशलताको निम्ति पात्र छनौटमा एकदमै सजग रहनुहोला। यो एउटा भुईमान्छेको अनुरोध हो।


