काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनाको ताजा परिणाम आएको छ ।
पछिल्लो परिणामअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ३८, ३३३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितको २१,००८ र कांग्रेसकी सिर्जना सिंहको २१, २९९ मत आएको छ ।
पछिल्लो समय सिंहले स्थापितलाई उछिनेकी छन् । साह सुरुदेखि नै अगाडि छन् । काठमाडौंमा अहिलेसम्म १३ वडाको मतगणना सकिएको छ ।
यो पनि पढ्नुहोस -कैलाली । सुदूरपश्चिम प्रदेशको एक मात्र धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।
प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।
उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।
मतगणना सकिएको छ । आधिकारिक घोषणा केही समयपछि गरिने बताइएको छ ।


