बुटवलको मेयरमा कांग्रेसका खेलराजलाई ६ हजार बढी मतको अग्रता

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले ६ हजारभन्दा बढी मतान्तरले अग्रताल लिएका छन् ।

उपमहानगरपालिका १९ वडामध्ये १७ वडाको मतपरिणाम आउँदा कांग्रेसका पाण्डेले पाण्डेले २३ हजार ४३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले १७ हजार ३९ मत पाएका छन् । हालसमम् पाण्डेय ६३९४ मतले अघि छन् ।

उपमेयरमा भने एमालेकी सावित्रा अर्याल निकटतम प्रतिस्पर्धी भन्दा  ५४५६ मतले अघि छन् । अर्यालले १८ हजार ८७५ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले १३ हजार ४१९ मत पाएका छन् ।

बुटवलमा सबैभन्दा धेरै १० हजार ३०० मत खसेको वडा नं ११ र ४२८० मत खसेको वडा नं. १२ को मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय