वामी बिश्व सम्पर्क मंच चितवन शाखाको साधारणसभा तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

चितवन- वामी बिश्व सम्पर्क मंच चितवन शाखाको दोश्रो साधारणसभा बनभोज तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम चितवनमा सम्पन्न भएको छ ।

वामी बिश्व सम्पर्क मंच चितवन शाखाले शारदा शर्मा पौडेलको अध्यक्षतामा सोमबार आफ्नो दोश्रो साधारणसभा, बनभोज कार्यक्रममा तथा नयाँ बर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

दिनेश कुमार चुकेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा ,वामी विश्व सम्पर्क मंच अष्ट्रेलिया शाखा सदस्य शिवलाल सापकोटाको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि समेत रहेका दिनेश कुमार चुके, सामुदायिक रेडियो पुष्पान्जलीको तर्फदेखि संचालक समितिका अध्यक्ष दिनेश खाती लगायतका अतिथीहरुले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको कार्यक्रममा कार्यक्रमका सभापति पौडेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले पेश गरेको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियो ।

वरिष्ठ उपाध्यक्ष कृष्णहरि सापकोटाको स्वागत मन्तव्यसङ्गै सुरु भएको उक्त कार्क्रमको सञ्चालन सचिब शेषकान्त खरेलको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय