कांग्रेसको रणनीति देखेर छक्क परे प्रचण्ड, स्थानीय चुनाव दुःखी हुँदा संघिय चुनावमा खुसी हुने!

काठमाडौं । सत्तासीन दल नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयर आफूसँगै राख्ने प्रयास थालेको छ। सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति भइसकेको छ। तर, कहाँ, कसले के पाउने भन्ने टुंगो लाग्न सकेको छ।

२०७४ सालको स्थानीय निर्वाचन देखि नै राजनीतिक वृत्तमा हटकेक बनिरहेको चितवनको भरतपुर महानगरपालिका माओवादीले दाबी गरिरहेको छ। ०७४ सालमा समेत भरतपुर कांग्रेसले माओवादीलाई छाडेको थियो। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहालले विवादै विवादमा घेरिएर मेयर जितेकी थिइन्।

प्रचण्ड भरतपुरमा पुनः छोरीलाई मेयर बनाउन चाहान्छन्। तर, चितवन कांग्रेस कुनै पनि हालतमा भरतपुरको मेयर माओवादीलाई छोड्न तयार देखिँदैन। आइतबार मात्रै चितवनबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने नेताहरुले माओवादी केन्द्रलाई कुनै पनि हालतमा नछाड्ने जिल्ला भेलाको म्यान्डेटसहित चेतावनी दिएका थिए । उनीहरुले गठबन्धन गरेर भरतपुरको नेतृत्व माओवादी केन्द्रलाई दिए वागी उठ्नेसम्मको तयारी गरेको जानकारी बैठकमै गराएका थिए ।

जिल्ला तहबाटै यस्तो जानकारी आएपछि कांग्रेस नेतृत्व समस्यामा छ । सोमबार गठबन्धन सम्बद्ध दलको बैठक राखेर कांग्रेसको चितवन जिल्ला कार्यसमितिका सभापति राजेश्वर खनालले जिल्लाभर गठबन्धन गरेर जानेगरी पालिकास्तरीय संयन्त्र निर्माणको निर्णय गरेका छन् । यही बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भरतपुरमा माओवादीले मेयर नछाड्ने सार्वजनिक रूपमा घोषणा गरिसकेका छन् ।

आइतबार नै चितवनबाट केन्द्रीय समितिमा रहेका कांग्रेसका नेताहरुसहित महाधिवेशन प्रतिनिधिसम्मको भेलाले ‘भरतपुर कांग्रेसको इलाका भन्दै विगतको सहयोगप्रति अनुग्रहित हुँदै यो महानगरमा कांग्रेसलाई सहयोग गर्नुपर्ने’ निष्कर्ष निकालेको छ । त्यसमै टेकेर जिल्ला कार्यसमितिले पनि भरतपुरमा कांग्रेसकै नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।

गठबन्धनको गलपासोमा फसेको पार्टीले अरू कुन कुन महानगर लिन खोजेको हो भन्ने प्रश्नमा कांग्रेस नेताहरू भरतपुर पनि लिने गरि छलफल अघि बढिरहेको दाबी गर्छन् । प्रचण्डलाई प्रतिनिधि सभामा भोट हाल्ने र भरतपुरको मेयर लिने गरी छलफल भइरहेको कांग्रेस नेताहरुको दाबी छ। तर, प्रचण्ड कांग्रेसको प्रस्तावमा तयार हुन्छन् वा हुँदैनन्? टुंगो लागेको छैन। सत्ता गठबन्धनको बैठकमा कांग्रेसले यो प्रस्ताव अघि सार्ने तयारी गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय