‘केपी ओलीको चुनाव चिह्न त्रिशूल हुन्छ’ भन्दै मजाक गर्नेको हालत पल्टिने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘केपी ओलीको चुनाव चिह्न त्रिशूल हुन्छ’ भन्दै मजाक गर्ने नेताको हालत पल्टिने बताउनुभएको छ ।

खोटाङको दिक्तेलमा आज शनिवार आयोजना गरिएको जनसभालाई सम्बोधन गर्ने क्रममा हलेसी महादेवस्थान ओर्लिनुभएका अध्यक्ष ओलीले त्यही ठाउँमा आयोजित पत्रकार सम्मेलनमा सूर्य र त्रिशूल जोडिएपछि मजाक उडाउने नेताको हालत पल्टिने बताउनुभएको हो ।

एमाले छाडेर गएका नेताले ‘केपी ओलीको चुनाव चिह्न त्रिशूल हुन्छ’ भन्दै मजाक उडाएको उल्लेख गर्दै ओलीले आफूले नभइ उनीहरूलाई शिवजीले त्रिशूल हान्ने उल्लेख गर्नुभयो । पार्टीका उपाध्यक्ष रामबहादुरसहित खोटाङ आउनुभएका अध्यक्ष ओलीले पवित्र हलेसीमा अपवित्र गठबन्धनको बारेमा कुनै टिकाटिप्पणी नगर्ने भन्दै त्यसबारेमा बोल्न चाहनु भएन ।

अध्यक्ष ओलीले पत्नी राधिका शाक्यसहित हलेसीमा दर्शन गर्नुभएकाे छ । ओलीले हलेसीमा दुई लाख रुपैयाँ भेटी चढाएको घोषणा पनि गर्नुभएकाे छ । उहाँले हलेसीको धार्मिक महत्त्व, ऐतिहासिकता र पौराणिकताका बारेमा पनि चर्चा गर्नुभयाे ।

हलेसीमा दर्शन र पत्रकार सम्मेलनपछि अध्यक्ष ओली दिक्तेलमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न माटिकोरे खेल मैदान पुग्नुभएकाे छ । जनसभाका लागि हजारौँ कार्यकर्ता उपस्थित गराएकाे एमालेले दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय