सामाजिक संजालमा भाइरल दुर्गा प्रसाईं फरार, खोज्न दर्जनौं प्रहरी परिचालन !

काठमाडौ । विवादित व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । तर, उनी भने फरार रहेको बुझिएको छ ।

झापास्थित् बि एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईं आफ्नो बोलीको कारण आफैं विवादित बनेका छन् । उनीविरुद्ध उजुरी परेपछि प्रहरी प्रशासनले उनलाई यतिवेला खोजिरहेको छ ।

उनीमाथि अदालतमा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मुद्दा दर्ता गरेका थिए । प्रहरीलाई पक्राउको अनुमति प्राप्त भइसकेको छ ।

प्रहरीले उनको खोजी गरिरहेको छ । तर, प्रसाईं मोबाइल बन्द गरेर गायब भएका छन् । कतिसम्म भने प्रसाई अहिले फरार छन् ।

प्रसाईले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि गम्भीर आरोप लगाए । २० करोड घुस मागेको भन्दै शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नारायणकाजी श्रेष्ठको समेत नाम मुछे ।

प्रसाईंले आफूमाथि घुस लिएको आरोप लगाएपछि गिरी त्यसविरुद्ध अदालत पुगे । प्रसाईंको विवादास्पद अभिव्यक्तिका कारण उनी विवादमा आइरहेपनि पछिल्लोपटक उनी प्रहरीको खोजीमै पर्नु अर्थपूर्ण छ । यसले उनी शक्तिकेन्द्रबाट समेत टाढिएको देखिदैछ ।

झापास्थित बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनका लागि प्रसाईं निकै सक्रिय रहँदै आएका छन् । उनले मेडिकल माफियाविरुद्ध डा. गोविन्द केसीले गरेको आन्दोलनको कडा आलोचना गर्दथे ।

यसकारण पनि उनी विवादमा पर्थे । पछिल्लो समय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीविरुद्ध खनिए । गिरीले द्धारिका होटलमा भेट्दा घुस मागेको आरोप लगाए । यसले दुवैबीच विवाद बढ्यो । एक अर्का्विरुद्ध उजूरी र मुद्दा हाले । प्रसाईंमाथि भने प्रहरीले अनुसन्धान बढाएको छ ।

पूर्वपरराष्ट्रमन्त्री लोहनीको प्रधानमन्त्रीलाई प्रश्नः मित्रता कायम गर्न लम्पसार नै हुनुपर्छ ?

काठमाडौं : पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गरेका छन् । उनले प्रधानमन्त्री देउवा भारतमा भारतीय जनता पार्टी र सोही पार्टीको सरकारसामु ‘लम्पसार’ भए‘को टिप्पणी गरे ।

सामाजिक सञ्जाल ट्वीटरमा शनिबार बिहान डा. लोहनीले लेखेका छन्, ‘सम्मानीय प्र.म. देउवाले भारतमा दुईटा नयाँ कुरा गरिसक्नुभयो । पहिलो, उहाँले प्रतिपक्षी नेतासँग भेट्नु भएन । दोस्रो उहाँले बिजेपी नेतासँग भेट्न पार्टी अफिसमै जानुभयो । मेरो प्रश्न के मित्रता कायम गर्न ‘लम्पसार’ नै हुनुपर्छ र ?’

प्रधानमन्त्री देउवाले पदीय मर्यादासमेत नराखेको लोहनीको आरोप छ । ‘आफ्नो मर्यादा आफैंले राख्ने कि नराख्ने ?’ लोहनीले अर्को प्रश्न गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार भारतको तीन दिने औपचारिक भ्रमणमा गएका हुन् ।

उनले त्यहाँ विपक्षी दलको नेतासँग नभेटेको र भारतीय जनता पार्टीको कार्यालयमै गएर उक्त पार्टीका नेतासँग भेटेको भन्दै पूर्वपरराष्ट्रमन्त्रीदेखि परराष्ट्र मामिलाका जानकारहरूले देउवाको आलोचना गर्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय