गुल्मीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार दिउँसो गुल्मीको इस्मा गाउँपालिका– १ छिनुवा खोला नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

सदरमुकाम तम्घासबाट सिमलटार तर्फ जाँदै गररेको लु१२प ३९०९ मोटरसाईकल उक्त स्थानमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालका–धागीथुमका अन्दाजी ५० बर्षीय रामबहादुर कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही वडा उदिनढुङ्गा बस्ने ३९ वर्षका रुद्रबहादुर बिक घाइते भएका छन् । दुबै जनालाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएकोमा कुँवरलाई डाक्टरले मृतक घोषणा गरेको र बिकको उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

घाइतेको अवस्था मध्यम खालको भएको उनको भनाइ छ ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय