‘केपी ओली नहुँदा पनि नेकपा र सरकार चलिरहन्छ’  नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य

‘नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमानेको बताएकी छन्। पार्टीले ओलीलाई दुबै पदबाट पछि हट्नु भन्दा हट्नै पर्ने उनको भनाई छ।

आफू अध्यक्ष नभए पार्टी सकिने र प्रधानमन्त्री नभएमा देश सकिने खालको सोच नराख्नसमेत प्रधानमन्त्रीलाई उनको सुझाव छ। ओलीले अब ठूला कुरा नगरी, मान्छेलाई धम्क्याएर, लोभ देखाएर पार्टी र देश चलाउन नसक्ने शाक्यको निष्कर्ष छ। दु्वै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने नेतृत्व ओलीले गर्न नसकेको भन्दै आक्रोस व्यक्ति गरिन्।

उनले सचिवालयमा आएका दुबै प्रतिवेदनलाई स्थायी कमिटीमा ल्याउनु पर्नेसमेत बताएकी छन्। प्रचण्डको प्रतिवेदनकै कारण दुबै अध्यक्षको कमिकमजोरी आएको भन्दै त्यसलाई सच्याएर जान सकिने मार्ग प्रशस्त रहेको उनको भनाई छ। शाक्यले प्रचण्डले गलत आरोप नलगाएको पनि बताइन। उनले प्रचण्डले पेश गरेको प्रस्ताव प्रचण्डको मात्रै नभई पाँच नेताको हो समेत भनिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय