नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानिय निर्वाचनमा मुसिकोटले सानदार जित हासिल गर्ने दाबिसहित जिताउने कुरामा प्रतिवद्द रहेको घोषणा गर्नुभएको छ ।
शुक्रवार मुसिकोटमा आयोजित नेपाली काङ्ग्रेसको भातृ सङगठन महिला सङ्घ,तरुण दल,दलित सङ्घको प्रथम नगर अधिवेशनको क्रममा बोल्दै यस्तो घोषणा गर्नुभएको हो ।
नेपालीकाङ्ग्रेसले,मजदुर,किसान,उद्दमी,इन्जिनियर ,पाइलट,पत्रकार,शिक्षक,ब्यापारी,राजनीतिकर्मी सबैसङ्ग नजिकको साथी बनेको छ,सबैको मनमनमा बस्न सफल भएको छ त्यसैले अबको स्थानिय निर्वाचन सानदार तरिकाले जित सुनिस्चित गर्छ पन्थीले भन्नुभयो ।
काङ्ग्रेस पार्टीमा यो वा त्यो उम्मेदवार गौण कुरा रहेकोले रुख चिन्ह लिएर चुनावि मैदानमा आउने जो सुकै काङ्ग्रेसको उम्मेदवारले सानदार जित सुनिश्चित गर्ने दाबि उहाले गर्नुभयो ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति शेर बहादुर देउवाले कहिल्यै अरु पार्टीको विरोध नगर्नु गलत कदमलाइ खबरदारी गर्नु भन्नुहुन्छ भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी हरुसङ्ग अरिङ्गाल खनिएझै खनिनुपर्छ भन्ने जस्ता अमानवीय प्रकृतिका आदेश दिने भएकोले पनि काङ्ग्रेस के हो भन्ने प्रष्ट हुन्छ सभापति पन्थीले भन्नुभयो ।
नेपाली काङ्ग्रेसले हाल घर घरमा काङ्ग्रे जिताउ भन्ने अभियान लिएर नागरिकको घरघरमा जान सुरु गरेको र काङ्ग्रेस सत्ता वा प्रतिपक्ष जहा रहेपनि सधै नागरिकसङ्ग रहेको बताउदै काङ्ग्रेसको जितको विकल्प नरहेको दाबि उहाले गर्नुभयो ।


