आज मेयर छैनन भनेर मुसिकोटमा सेवाग्राहीले कैयौंपटक फर्केर दुख पाएका छन-काङ्ग्रेस गुल्मीका पुर्व सचिव सापकोटा

नेपाली काङ्ग्रेस गुल्मीका पुर्व सचिव हरिनारायण सापकोटाले मुसिकोट नगरपालिकाका जनप्रतिनिधिले सेवाग्राहीलाइ सेवा दिने नाममा पटकपटक दुख दिएको दाबि गर्नुभएको छ ।

शुक्रवार मुसिकोटको बसपार्कमा भएको महिला सङ्घ,तरुण दल र दलित सङ्घको प्रथम नगर अधिवेशनको अवसरमा शुभकामना मन्तब्यको क्रममा यस्तो दाबि गर्नुभएको हो ।

कहिले प्रमुख प्रशाशकिय अधिकृत छैनन,कहिले मेयर छैनन भनेर टाढा टाढाबाट अत्यावश्यक कामले नगरपालिका समक्ष सेवा लिन आएका नागरिकहरूलाइ यो वा त्यो वहानामा दुख दिने त्यत्तिकै फर्काउने,पछि आउनुहोस भनेर फर्काउने गरेको नेपाली काङ्ग्रेसले गरेको अनुगमनको क्रममा पुष्टि भएको सापकोटाले बताउनुभयो ।

स्थानीय स्तरमा नागरिकले गाउगाउमा सिहदरबार भन्ने नाराका साथ सरकार निर्माण गरिए पनि वास्तविक दुखि नागरिकले आफ्नो सरकारको महसुस गर्न नसकेको उहाको द्कबि रहेको थियो ।

फरक प्रसङ्गमा सापकोटाले नेपाली काङ्ग्रेस र यसका शुभेच्छुक तथा भातृ संगठनको अधिवेशन गर्दा प्रचण्डवाद र ओलिवेशनजस्तो व्याक्तिवादि नहुने भन्दै लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गरिने भएकोले इतिहासदेखि हालसम्म नेपाली काङ्ग्रेसले चुनाव हारेतापनि समग्र नेपाली नागरिकको मन जितेको दाबि गर्नुभयो ।

प्रथम नगर अधिवेशनबाट आउने सम्पुर्ण पदाधिकारी तथा सम्पुर्ण सदस्यलाइ शुभकामना दिदै कार्यक्रमको भव्य सफलताको कामना उहाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय