गाडीको ठक्करबाट दुई जनाको मृत्यु, दुई प्रहरी घाइते

रौतहट । रौतहटमा प्रहरी चेकीङका लागि राेकेर राखेकाे गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।

रौतहटको वृन्दान्दावन नगरपालिका–६ हर्षाहमा चन्द्रनिगाहपुरबाट गरुडातर्फ जाँदै गरेको बा १७ च ६१६३ नम्बरको महेन्द्रा पिकअपको ठक्करबाट बृन्दाबनका ३७ वर्षीय जीतेन्द्र पटेल र २७ वर्षीय हरि कुमार ठाकुरको मृत्यु भएको हो ।

प्रहरी चेकिङमा गाडी अनियन्त्रित भई सोही स्थानको पान पसल र मोटरसाइकलमा समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। गाडीको ठक्करबाट दुई प्रहरी घाइते भएका छन्। ​

गाडीको ठक्करबाट प्रहरी चौकी हर्षाहमा कार्यरत प्रहरी सहायक निरीक्षक उपेन्द्र प्रसाद यादव र प्रहरी जवान मुर्तुजा अन्सारी घाइते भएका जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

घाइतेकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे र ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय