विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी । परियार उत्थान मन्च मुसिकोट गुल्मीले आउदो बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको छ ।
बुधबार गुल्मीको मुसिकोट नगरपालिका ७ वामीटक्सार बजार स्थित मन्चको आफ्नै कार्यालयमा बसेको नगर समितिको भेलाले आफ्नो तर्फबाट स्वतन्त्र उम्मेदवारको रुपमा घोषणा गर्ने गरि निर्णय गरिएको समितिका सदस्य काशिराम परियारले जानकारी दिनुभयो ।
परापुर्वकालदेखि परियारहरुले आफ्नो सिलाउने पेसालाइ निरन्तरता दिदै कपडा सिलाउदै सबैको इज्जत,पहिचानसङ्गै नाङ्गो ढाक्ने काम गरेर समुदायमा महत्त्वपूर्ण सेवा गरेको र बाजागाजा बजाएर मनोरञ्जन सहित सस्कृति बचाउने काममा समेत योगदान पुराएकोले अब सामाजिक,राजनितीक नेतृत्व लिने गरि सामाजिक सेवा गर्नको लागि मुसिकोट नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिने तयारि गरेको उहाले बताउनुभयो ।
मन्चका नगर समितिका अध्यक्ष मुम बहादुर परियारको अध्यक्षतामा बसेको समितिको बैठकले नगरप्रमुखसङ्गै सम्भावित वडाध्यक्ष र अन्य सदस्य पदहरुमा समेत उम्मेदवारी दिने तयारि गरिएको मन्चले जनाएको छ ।
स्थानिय निर्वाचनको उम्मेदवारको तयारीको लागि परियार उत्थान मन्चले आउदो चैत्र १२ गते समितिको बैठक डाकेको छ, जसमा नगरप्रमुख,उपप्रमुख,वडाध्यक्षसहित सदस्यहरुको उम्मेदवारीको लागि छलफल तथा निर्णय हुने बताइएको छ ।
मन्चले आफ्नो उम्मेदवारी स्वतन्त्र हुने भएकोले सम्पुर्ण जातजाति,पेशा,धर्म,लिङ्ग,भुगोल,वर्ग,राजनीतिक दल र समग्र समुदायसमेतलाई सहयोग गरि जिताउनको लागि अपिल गरेको छ ।


