पछिल्लो २४ घण्टाको कोरोना अपडेट

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बुधबार पनि कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार ३८२ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना गरी ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २१३ जना कोरोनाबाट निको भएका छन् भने हाल ४ हजार ५७४ जना संक्रिय संक्रमित रहेका छन् ।

यो पनि पढ्नुहोस् – काठमाडौं । काठमाडौं महानगरपालिका-१५ बिजेश्वरीमा मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार बिहान बा. ८५ प ५०६० नम्बरको मोटरसाइकलसँग ठोक्किंदा बा. ४९ प ६१२३ नम्बरको स्कुटर चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ घर भई हाल नागार्जुन नगरपालिका–१ रानीवन बस्ने ३५ वर्षीय हरी दुवाडीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय