नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भेला सिर्सेनिमा सम्पन्न ।।

कृष्ण भट्टराई गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गुल्मिको वार्ड भेला मदाने गाउंपालिका ३ सिर्सेनी गुल्मिमा सम्पन्न भएको छ।

भेलाले डम्बर बहादुर के सि को अध्यक्षतामा ३१ सदस्यीय वार्ड कमिटीको गठन कार्य सम्पन्न गरेको छ।जस्को उपाध्यक्षमा खिम बहादुर के सि र बिकास के सि सचिव गोपाल अर्याल सह सचीव कमला अर्याल लगाएत सदस्यहरु रहनु भएको छ ।

यसैगरी भेलाले फणाधर अर्यालको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समितिको गठन गरेको छ।समितिमा पुनाराम गिरि,हरि प्रसाद अर्याल ,झविन्द्र नेपाली,भक्त बहादुर के सि रहनुभएको छ।आज सम्पन्न भेलाले छ जना सदस्यलाइ पालिका गाउँ कमिटिमा पठाउने निर्णय समेत गरेको छ ।

सिफारिस हुने सदस्यहरुमा मित्र बहादुर घर्ती,माधव अर्याल ,कुष्मा घर्ती ,श्यामलाल अर्याल ,टीका बि क बासुदेव खनाल रहनुभएको छ।

त्यस्तैगरी भेलाले तीन जना सदस्यलाइ जिल्ला कमिटिमा सिफारिस गर्ने निर्णय गरेको छ।सिफारिस हुनेमा खड्क बहादुर घर्ती,शिशिर अर्याल र हिमाल अर्याल रहनुभएको एकीकृत समाजवादी गुल्मी जिल्ला कमिटी अध्यक्ष नरेश भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य गणेश बिश्वकर्मा ,जिल्ला कमिटी अध्यक्ष नरेश भण्डारी ,जिल्ला उप सचीव राजेन्द्र सुनार,जिल्ला कमिटी सदस्य दिपेश अर्याल ,गोकर्ण सेन,उर्मिला घर्ती ,शिवलाल गिरि,सागर गिरिको उपस्थिति रहेको समाजवादी गुल्मिले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय