कृष्ण भट्टराई गुल्मी,। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मुसिकोट नगरपालिका २ गुल्मिले खस्थोक अमराइ टोलमा पार्टिको प्रथम टोल भेला सम्पन्न गरेको छ।
पार्टिका वडा कमिटी अध्यक्ष राम बहादुर महतको अध्यक्षतामा सम्पन्न टोल भेलाबाट मुमा सुनारको अध्यक्षतामा ३९ सदस्यीय खस्थोक अमराइ टोल कमिटिको गठन गरिएको छ । टोल कमिटिको उपाध्यक्षमा गुन बहादुर बि क र तिल बहादुर खड्का ,सचीव धनु महत ,उप सचीव कृष्ण कार्की र कमला नेपाली,सचेतक मेघ बहादुर खत्री लगाएत सदस्यहरु रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गुल्मी जिल्ला कमिटी सह सचीव वसन्त अधिकारीले जानकारी दिनुभयो ।
टोल भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम महतले अघिल्लो स्थानिय निर्वाचनमा लगभग प्यानलनै बिजय भएका एमालेका जनप्रतिनिधिले जनताका समस्यामा मजाक उडाएर आफ्नो स्वार्थ लिप्तता देखाएको तथा जनप्रतिनिधिको चार बर्ष दस महिने शाशनमा मुसिकोटको भविस्य दस बर्ष पछाडी धकेलिएको आरोप लगाउनुभयो ।
जनमतको मजाक उडाउनेलाइ आगामी निर्वाचनमा अविस्मरणीय पाठ सिकाइने भन्दै महतले समृद्ध मुसिकोटको स्पस्ट खाका सहित समाजवादको अभियानमा गोलबद्ध हुन आग्रह गर्नुभयो।मुसिकोट नगरपालिकाले ७०% नागरिकको घरमा एक घर एक धारा पुर्याएको भनेर कुर्लिएपनी खस्थोक टोलको ढुवाटेखोला खानेपानी परियोजना लामो समयसम्म अलपत्र पारेर स्थानिय जनप्रतिनिधिले तमासा देखाएको आरोप लगाउनुभयो।पछिल्लो समय समाजवादको अभियानमा जनसहभागिता उल्लेख्य रुपमा बढेको बताउदै वार्ड कमिटी अध्यक्ष राम बहादुर महतले आगामी निर्वाचनमा समृद्ध मुसिकोटको सपना पूरा गर्नको लागि समाजवादी उमेदवारलाई बिजय गराउन आग्रह गर्नुभयो ।
टोल भेला मुसिकोट नगरपालिका वार्ड नं २ का वडा कमिटी अध्यक्ष राम बहादुर महतको अध्यक्षता, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीराम महतको प्रमुख आतिथ्यता तथा जिल्ला कमिटी सह सचीव वसन्त अधिकारीको संचालनमा सम्पन्न भएको थियो।


