सुरज कार्की, गुल्मी । वामी सेवा समिती जापानले बिरामीका आफन्तलाई सहयोग हस्तान्तरण गरेको छ ।
ब्लड प्रेसरका कारण अचेत अवस्थामा रहेका मुसिकोट नगरपालिका वडा नं ८ वामीका विवश सिञ्जालीको उपचारका लागि सकंलित रकम एक कार्यक्रमकाबीच परिवारलाई हस्तान्तरण गरिएको हो ।
वामी सेवा समितिले सकंलन गरेको कुल एक लाख पचपन्न हजार नौ सय नब्बे रुपैया समितिका उपाध्यक्ष विष्णु प्रसाद सापकोटाले परिवारलाई हस्तान्तरण गर्नुभएको हो । केही समयदेखि अस्वस्थ रहेका उनलाई थोरै भएपनि उपचारमा सहज होस भनेर सहयोग हस्तान्तरण गरिएको सापकोटाले बताउनुभयो ।
सिन्जालिको उपचारको लागी गुल्मेली समाज जापानका प्रवक्ता समेत रहनुभएका दिलिप थापाको नेतृत्वमा सहयोग सकंलन अभियान सञ्चालन गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा वामी नमुना समाजका अध्यक्ष कृष्ण थापा(जनक),नेपाल बैंक लिमिटेड वामी शाखाका प्रवन्धक राजु अर्याल,सामुदायिक रेडियो पुष्पाञ्जलीका उपाध्यक्ष विवेक काफ्ले लगायतले मन्तव्य व्यक्त गर्दै सहयोग वामी सेवा समिति जापान प्रति आभार व्यक्त गर्नुभयो ।
समाजका उपाध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन मालिका इङ्ग्लिश बोर्डिङ्ग स्कुलका शिक्षक समाजसेवी मेघ प्रसाद श्रेष्ठले गर्नुभएको थियो ।


