महेन्द्र कौशल। गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ९ ददल्का मा.वि.मा शुक्रबार विद्यालयको ८ कोठे नव निर्मित भवन विभिन्न कार्यक्रमका साथमा उद्घघाटन गरिएको हो। गुल्मीको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री गोकर्ण राज बिष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम दिप प्रज्वलन, ब्यानर अनावरण र भवन गेटबाट रिवन काटेर र सिलालेख उघारेर उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा,उपप्रमुख कमला शर्मा र अतिथिहरुमा मुसिकोट वडा ७ वडा अध्यक्ष प्रकाश काफ्ले, वडा-८ का नारायण सापकोटा,वडा-९ का नरेशराज खरेल,साविक अर्लाङ्कोट गा.वि.स.अध्यक्ष एवम् ने.का.लुम्बिनी प्रदेश कमिटि सदस्य माधव प्र.खरेल,नेकपा एमाले जिल्ला सदस्य तथा नगर इन्जार्ज जीवन खरेल, ने.का.मुसिकोट नगर सभापति मोहन घिमिरे,माआेवादिका युवराज खराल, एकिकृत समाजवादीका वसन्त अधिकारी,विप्लवका गोविन्द सापकोटा लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।
पुर्वमन्त्री विष्टले केपि सरकार ढले पछि १६ सय सडक रातो किताबबाट हटाइयो र त्यस्मा छुट्टाइएको अरबौं रुपैयाँ हताइएको छ त्यसैमा अर्लाङ्गकोट आउने सडक खण्ड मारमा परेको कुरा खुलाउनु भयो। आफू सांकेतिक भाषा प्रयोग गरि बोलेको छु भन्दै रिडी वामी टक्सार सडक खण्डमा आर्थिक बजेट बिनियोजन त भयो तर ठेकेदारको ढिला सुस्ती भएको कारण सडक बिस्तार हुन नपाएको कुरा बताउनुभयो। विभिन्न देशहरुको आय श्रोतको उदाहरण दिदै मुसिकोट नगरपालिकालाई ७४% घरमा पिउने पानी पुर्याएका छौ भन्दै नबनिर्मित भवनको उद्घाटन गर्न पाउँदा खुसी तथा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा नगर प्रमुख सापकोटा आफू निर्वाचित भएको एक सय दिन भित्र उज्यालो नगरपालिका घोषणा र सतप्रतिशत खरका छाना मुक्त, ७४.४% एक घर एक धारा अभियान सम्पन्न भएको कुरा मन्तव्यमा बोल्नुभएको थियो।
ने.का.मुसिकोट नगर सभापति मोहन घिमिरे मन्तव्यमा बोल्दै पूर्वमन्त्री गोकर्ण राज बिष्टका कुरा खण्डन गर्दै जनता बाठो हुन जरुरी छ। बिगत केही वर्ष अगाडी अर्लाङ्गकोटमा बस उद्घाटन भएको थियो तर अहिले सोही किन लागू भएन, जिवनमा लागू गर्न सकिँदैन भने जानेरै उद्घाटन नगर्नुहोस् जस्ता कुरा राख्नु भएको थियो।
झन्डै एक करोड चार लाखको लगानीमा बनेको नवनिर्मित ८ कोठे भवन उद्घाटन कार्यक्रममा विद्यार्थीको नाचगान तथा पिटि प्रदर्शन लगाएतका कार्यक्रम साथ भब्य रुपमा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक,पत्रकार,अभिभावक,विद्यार्थीहरुको सम्-उपस्थिति रहेको थियो।
कार्यक्रम वि.व्य.स.अध्यक्ष गंगाराम खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक पुष्पा शर्मा र विद्यार्थी तुलाराम उपाध्यायको स्वागत मन्तव्य रहेकोमा संचालन शिक्षक कालिदास खरेल र गोविन्द ब.वि.क. ले गर्नु भएको थियो।


