भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मुसिकोट नगरपालि वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको ३ जनाको एन्टिजेन परिक्षणबाट २ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
आज कोरोना संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ३ का १ जना पुरुष र १ जना महिला रहेका छन् ।
आज थप २ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा कोरोनाको तेस्रो लहरबाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या १०४ पुगेको छ ।
अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।


