भुवन काफ्ले मुसिकोट गुल्मी ।सघन सहरी बिकास कार्यक्रम अन्तरगत गुल्मीको मुसिकोट नगरपालिकालाको बिकासका लागि पचास करोड बजेट परेको छ।
ने.क.पा. (एकिकृत समाजबादी) जिल्ला कार्यसमिति गुल्मी एबंम सहरी बिकास मन्त्री राम कुमारी झाँकिको पहल र सहरी बिकास मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयबाट बिभिन्न प्रकृतिका बिकास (भौतिक बिकास, सामजिक बिकास, आर्थिक बिकास) का लागि सघन सहरी बिकास कार्यक्रम अन्तरगत मुसिकोट नगरपालिकालाई पचास करोड बजेट बिनियोजन भएको ने.क.पा (एकिकृत समाजबादि) लुम्बिनी प्रदेस सचिबालय सदस्य श्रीराम महतले जानकारि दिनुभयो ।
यस अघि सघन सहरी बिकास कार्यक्रम अन्तरगत नै रेसुङ्गा नगरपालिको बिकासका लागि पनि पचास करोड बजेट बिनियोजन भएको थियो ।
राम कुमारी झाँकि सहरि बिकास मन्त्री भएको छोटो समयमै झाँकिकै पहलमा रेसुङ्गा बिमानस्थलका लागि दश करोड, रेसुङ्गा नगरपालिका भित्र रहेका भित्रि सडक कालोपत्रेको लागि पाँच करोड बजेट बिनियोजन भएको ने.क.पा (एकिकृत समाजबादि) लुम्बिनी प्रदेस सचिबालय सदस्य श्रीराम महतले जानकारि दिनुभयो ।


