विष्णुप्रसाद आचार्य (चकित) गुल्मी । जहा विद्यालय त्यहा ने वि संघ भन्ने नाराका साथ सुरु भएको नेपाल विद्यार्थी सङ्घ अन्तरगत इश्मा गाउपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा इकाइ समिति गठन सम्पन्न भएको छ ।
विगतका २ वर्षमा कोरोना महामारीले ने वि संघको सङ्गठन विस्तार अभियानलाइ अप्ठ्यारो परेकोले यस वर्ष भने ने वि सङ्घ गुल्मीले गुल्मी जिल्लाका १२ वटै स्थानीय तहहरुमा प्रतिनिधि तोकेर सङ्गठन विस्तार अभियान नै सन्चालन गरेको छ ।
ने वि सङ्घ गुल्मीको परिपत्र अनुसार इश्मा गाउपालिकामा ने वि सङ्घ गुल्मीकि जिल्ला सचिव पार्वती कुवर,जिल्ला सदस्य अमृत भण्डारी र इश्मा गाउपालिका ने वि संघ सभापति केशवराज भण्डारीले प्रतिनिधिको भुमिका निर्वाह गरि सङ्गठन अभियान सम्पन्न गरेको सचिब के सि ले जानकारि दिनुभयो ।
विस्तार अभियान अन्तरगत सुजन खत्री हिमालय मा वि,भुवन महत अमरपुर मा वि,धन बहादुर घिमिरे ठाडढुङ्गा मा वि,प्रसिद्ध पन्थ आनन्दपुर मा वि, यमकला खड्का रामराज्य मा वि,नविन मुखिया पालुखा मवि,मिसन श्रेष्ठ देविस्थान मा वि लगायतका विद्यालय र उल्लेखित सभापति रहने गरि इकाइ समिति गठन गरिएको ने वि सङ्घ गुल्मीका सदस्य अमृत भण्डारीले जानकारी दिनुभयो ।
अहिले इकाइ समिति गठन गरिएको ठाउमा सोहि समितिलाई पार्टीको सङ्गठनलाइ समेत चलायमान गराउने गरि आउदो स्थानीय निर्वाचन र प्रदेश तथा सङ्घिय निर्वाचनमा नेपाली काङ्ग्रेसलाइ पहिलो पार्टीको रुपमा जिताउने गरि शशक्तिकरण गरिने सङ्घका इश्माका सभापति केशवराज भण्डारीले बताउनुभयो ।


