मुसिकोटका एक युवाद्वारा न्युन आर्थिक अबस्था भएकि बिद्यार्थीलाई आर्थिक सहयोग हस्तान्तरण !

भुवन काफ्ले, मुसिकोट गुल्मी। गुल्मीको मुसिकोट वामीका एक युवाले आर्थिक अबस्था कमजोर भई अध्ययन गर्ने समस्या भएकि रामप्यारि रानालाई आर्थिक सहयोग गरेका छन्।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ काफलटोला निवासि हाल जापान रहनु भएका स्व-मिन बहादुर जि.सि र कोपिला जि.सिका छोरा सुरज जि.सिले श्री महेन्द्र आदर्श नमुना माध्यमिक बिद्यालय वामीको कक्षा ११ मा अध्ययनरत छात्रा राम प्यारी रानालाई नगद रु १० हजार बराबरको आर्थीक सहयोग हस्तान्तरण गर्नु भएको समाजसेबि युवा बिबेक काफ्लेले जानकारी दिनुभयो।

मुसिकोट नगरपालिका वडा नं. ७ सेरा घर भएकि रानाको पारिबारिक आर्थीक अबस्था कमजोर भएकै कारण बिद्यालयले लिने भर्ना शुल्क, मासिक शुल्क, पोसाक, कापि कलम लगायतका शैक्षिक सामाग्री ब्यबस्थापन गर्न कठिन भएको  सुचना पाएपछि मनकारी युवा सुरज जि.सिले रानाको कक्षा ११ र १२ अध्ययनको लागि रु १०/१० हजारका दरले जम्मा रु २० हजार दिने प्रतिबद्धता गर्नु र सोहि बमोजिम कक्षा ११ को पढाई खर्चको लागि रु १० हजार समाजसेबि युबा बिबेक काफ्लेको माध्यमबाट आज बिद्यालयमा एक अनैपचारिक कार्याक्रम गरि रानालाई रकम हस्तान्तरण गरिएको बिद्यालयका प्रद्यानाध्यापक देबिराम शर्माले बताउनुभयो।

पढ्ने चाहाना हुँदा हुँदै आर्थीक अभाबकै कारण बिद्यालय छोड्ने अबस्थामा पुगेकि रानालाई आर्थिक सहयोग गरि जि.सिले एक उदाहरणिय काम गर्नु भएको समाजसेबि युवा काफ्लेले बताउनुभयो।

बुधबार बिद्यालयमा गरिएको उक्त आर्थीक सहयोग हस्तान्त्रण कार्यक्रममा बिद्यालयका प्रद्यानाध्यापक देबिराम शर्मा, शिक्षक रामचन्द्र सापकोटा, समाजसेबि युबा बिबेक काफ्ले, नब खबर डटकमका ब्यबस्थापक भुवन काफ्ले, बिद्यार्थी राम प्यारि राना लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय