सुरज भट्टराई, गुल्मी । गुल्मी जिल्लाको ऐतिहासिक धार्मिक तपोभुमी सालिमे दहको काखमा अवस्थित होमस्टे का रूपमा विकसित भईरहेको मालारानीमा विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
विगतका बर्षहरूमा जस्तै यस बर्षपनि ताराखसे युवा क्लव मुसिकोट नगरपालिका वडा नं ८ मालारानिको दशौ बार्षिकउत्सव को अवसर पारेर महिला तथा पुरूष भलिवल प्रतियोगिता सहित विभिन्न सास्कृतिक कार्यक्रम आयोजना हुन लागेको हो ।
२०७८/११/२१ गते ताराखसे युवा क्लब मुनपा ८ मालारानी का अध्यक्ष राम बोहोरा को अध्यक्षतामा बसेको बैठकले क्लबको दसौं वार्षिकोत्सब मिति २०७८ चैत १७ देखि २० सम्म खुल्ला पुरुष तथा महिला भलिबल साथै विविध साँस्कृतिक सहित मनाउने निर्णय भएको कुरा क्लवका सदस्य तथा आर्थिक संयोजक नविन छन्त्यालले जानकारि दिनुभएको हो ।
देश तथा विदेश रहनुहुने सम्पुर्ण सहयोगीमन,शुभचिन्तक, सबैमा कार्यक्रम भव्य अनि सभ्य तरिकाले सफल पार्नको लागि आफ्नो ठाऊॅंबाट सक्दो सहयोग गर्नपनि छनत्यालले आग्रह गर्नुभएको छ ।


