ने क पा एमाले सचिव तथा पुर्व मन्त्री गोकर्ण बिष्ट मुसिकोट आउने

कृष्ण भट्टराई गुल्मी । ने क पा एमालेका पुर्व सचिव तथा पुर्व श्रम मन्त्री गोकर्ण बिस्ट पार्टिका अगुवा कार्यकर्ता भेटघाटको लागि गुल्मिको मुसिकोट नगरपालिका आउने कार्यक्रम तय भएको छ ।

पार्टिका पछिल्ला नीति तथा कार्यक्रम र आगामी निर्वाचनलाई मध्य नजर गरेर बिष्टले अगुवा कार्यकर्ता भेटघाटको लागि मुसिकोट नगरपालिकाका विभिन्न वडामा कार्यक्रम आयोजना गरिएको मुसिकोट नगरपालिका नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

जस अन्तर्गत फागुन २७ गते बिहान ८ बजे मुसिकोट नगरपालिका वार्ड नं ४ को तल्लो दजाकोट चौपारिमा अगुवा कार्यकर्ता भेटघाट ,दिउँसो १२ बजे वार्ड नं ९ को ददल्कामा बिद्यालय भवन उद्घाटन र साझ ५:३० बजे वामिटक्सारमा अगुवा कार्यकर्ता भेटघाटको कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै गरि २८ गते बिहान ८ बजे पौदी अमराइ अगुवा कार्यकर्ता भेटघाट दिउँसो १२ बजे वार्ड नं २ को देउरालिमा र दिउँसो ३ बजे वार्ड नं ३ को मैदानमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम राखिएको नगरकमिटिको सुचनामा उल्लेख गरिएको छ ।

नगरकमिटिले भेटघाटको कार्यक्रममा स्थानिय कार्यकर्तालाई उपस्थितिको लागि अनुरोध समेत गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय