काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जनाले विष खाएका छन् ।
विष सेवनबाट नागार्जुन नगरपालिका–६ डाँडापौवामा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको छ ।
परिवारका ५ सदस्यले विष सेवन गरेको र एकजनाको अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।
विष सेवनपछि अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा पठाइएको छ । उनीहरु डा.उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअनुसार घटनास्थलमा सल्फस लगायत किटनाशक औषधीका बट्टा भेटिएका छन् ।
प्रहरीकाअनुसार भीम प्रधान, मन्दिरा डंगोल, इन्द्रमाया प्रधान र सुप्रेणा प्रधानको उपचार भइरहेको छ । सोमबार बिहान ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको थियो ।
घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका हुन् भने दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको थियो ।


