बडिगाड गाँउपालिकामा जारी बृहत जनस्वास्थ्य अभियान अन्तरगतको अन्तिम दिन २७० जना नागरीकले सेवा लिए

तिलक मगर– बडिगाड गाँउपालिकामा जारी बृहत जनस्वास्थ्य अभियान अन्तरगतको आज अन्तिम दिन २७० जना नागरीकले सेवा लिएका छन ।

बडिगाड गाउँपालिका ८ पुरानोेगाउँमा सम्पन्न उक्त शिविरमा बडिगाड आधारभुत अस्पतालका प्रमुख बिमल घिमिरेको नेतृव्वको चिकित्सकहरुको सहभागितामा उक्त संख्यामा विरामीले सेवा लिएका हुन । शिविरमै आज ८७ जना ६० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई र ३५ जना सुनौला हजार दिन भित्रका आमाह?लाई पनि अभिमुखिकरण तालिम सञ्चालन गरिएको थियो भने शिविरमा २७० जनाको आखाँको उपचार तथा ७३ जनालाई चस्मा बिरण गरिएको थियो ।

सोहि अबसरमा सवै विरामीलाई निशुल्क रुपमा आवश्यक औषधि समेत वितरण गरिएको दगा तुम्डाडा स्वास्थ्य चोकीका हेल्थ असिस्टेन हेम पुनले जानकारी दिनुभएको छ । साथै शिविरमा १७ जनाको गर्भवती महिलाहरुको भिडियो एकसरे गरिएको थियो ।

आज पुरानोेगाउँमा आयोजित शिविर सँगै बडिगाड गाउँपालिकामा आयोजिक बृहत जन स्वास्थ्य अभियान पनि सम्पन्न भएको छ । बडिगाड गाउँपालिका वडा नं ८ पुरानोगाउँमा सम्पन्न कार्यक्रममा बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिह पाईजाको अध्यक्षता तथा बडिगाड स्वास्थ्य शाखा प्रमुख चुडामणी कडेलको सञ्चानमा सम्पन्न भएको थियो । कार्यक्रममा पालिका प्रमुख पाईजाले बृहत जन स्वास्थ्य अभियानमा सहभागी सम्पुर्ण नागरीकहरुलाई धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

बडिगाड गाउँपालिका वडा नं ७ टुनिबोटबाट सुरु गरिएको यो अभियानमा अहिले सम्म करिब ६ हजार भन्दा धेरै नागरीकहरुले सेवा लिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय