गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ का सागर र सुरज भुसालले आफ्नी स्वर्गिय आमा मैया भुसाल (उमकला ) को स्मृतिमा महिला जागरण आमा समुहलाई कुर्चि सौजन्य गरेका छन् ।

गुल्मी मुसिकोट नगरपालिका वडा न ७ काफलटोला निबासी बलिभद्र भुसालका नाति, दुर्गा भुसालका छोराहरु सागर भुसाल र सुरज भुसालले आफ्नी स्वर्गिय आमा उमकाला (मैया) भुसालको स्मृतिमामा मुसिकोट-७ काफलटोलामा रहेको महिला जागरण आमा समुहलाई नगद १५ हजार बराबरका २५ थान कुर्ची सौजन्य गरेका हुन् ।



