गुल्मी काङ्ग्रेसको अठोट,सबल वडा सक्षम टोल अन्तरगत मुसिकोट नगरपालिका वडा नम्बर ८ वामी मैदानमा समिक्षात्मक बैठक सम्पन्न भएको छ ।
नेपाली काङ्ग्रेस गुल्मीकि पुर्व सचिव तथा हाल लुम्बिनी प्रदेश सदस्य समेत रहनुभएकि विष्णुकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको नेपाली काङ्ग्रेस मुसिकोट ८ का वडा सचिव फुलप्रसाद सापकोटाले जानकारि दिनुभयो ।
बैठकमा,एम सि सिको बारेमा गाउगाउमा भैरहेका गलत प्रचारहरुको बारेमा प्रकाश पार्ने र गलत प्रचारप्रसारलाइ निरुत्साहित गर्ने उद्धेश्यमा केन्द्रित रहदै टोलटोलका समस्याहरुको पहिचान गरि संकलन गरिएको नेतृ विष्णुकुमारी सापकोटाले बताउनुभयो ।
टोलका समस्याहरुको पहिचान गर्दै सापकोटाले कम्युनिस्ट भएको ठाउमा धनी र गरिब बिचको खाडल झन बढ्दै गएकोले नागरिकको सम्मानजनक जिवनयापनको लागि काङ्ग्रेसको सरकार निति,कार्यक्रम र सहयोग नै प्रमुख रहेको बताउनुभयो ।
उक्त टोलका समस्याहरु मुख्यगरि उब्जनीयोग्य जमिन नै नभएकोले वर्षभरि खान नपुग्नु,समुदायका नागरिक अधिकतम बेरोजगार,वालविवाह,अत्यधिक मदिरा सेवन र पारिवारिक र सामाजिक झैझगड,स्थानिय सरकारका राहतका कार्यक्रम व्याक्तिमुखि र पार्टी विषेश हुनु,पुराना सडक संरचना विस्थापित हुनु लगायतका रहेका पाइएका बताइएको छ ।
त्यस्तै स्थानिय सरकारद्वारा नागरिकलाइ भोट बैंकको रुपमा प्रयोग गरिनु,अत्यधिक करको भार थोपरिनु,तिब्र बसाइँसराइ बढ्नु, लगायतका समस्या स्थानियले बताएका काङ्ग्रेसले बताएको छ ।
कार्यक्रममा पार्टी सभापति रण बहादुर रायमाझीको सभापतित्व रहेको कार्यक्रममा सचिवद्वय फुलप्रसाद सापकोटा र कुल बहादुर के सिको सन्चालनमा भएको थियो । उक्त कार्यक्रममा काङ्ग्रेसका पदाधिकारी,कृयाशिल सदस्य,भातृ सङ्गठनका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


