विष्णुप्रसाद आचार्य (चकित) मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको स्थापना दिवस भव्यताका साथ मनाइने भएको छ ।
फागुन २२ गते नगरपालिकाको पाचौं स्थापना दिवस भव्यताका साथ मनाउन लागिरहेको र सोहि अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत खिमानन्द भुषालले जानकारी दिनुभयो ।
स्थापना दिवसको अवसरमा नगरभित्र रहेका पत्रकार,आमा समुह,राजनितिक दल,बैंक तथा वित्तिय सस्था,क्लब,कृषक समुह,लगायत सम्पुर्ण नगरवासीमा उपस्थितिको लागि अनुरोध गरिएको भुषालले बताउनुभयो ।
दिनको विहान १० बजेदेखि सुरु हुने कार्यक्रम नगरकार्यपालिकाको कार्यालयमा हुने नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले बताउनुभयो ।
स्थापना दिवसको अवसरमा विभिन्न सास्कृतिक झाकिसहित प्रभातफेरि,अन्तर मा.वि स्तरिय वक्तृत्वकला,कर्मचारीबिच मैत्रीपुर्ण भलिवल र ब्याडमिन्टन प्रतियोगिता,कर्मचारी र जनप्रतिनिधिको अन्तर्सम्बन्ध साथै स्थानिय सरकारमा ५ वर्षको अनुभव विषयक परिसम्वादजस्ता कार्यक्रम गर्न लागिएको र सोहि अनुसार तयारिमा लागिएको फिल्ड सम्योजक महेन्द्र घिमिरेले बताउनुभयो ।
स्थापना दिवसको अवसरमै स्थानिय कलाकार सम्मान,उत्कृष्ट कर्मचारी सम्मान,विविध सास्कृतिक कार्यक्रम,फोटो प्रदर्शनी र साझ दिपावलि गरिने कार्यक्रम रहेको राजश्व शाखा प्रमुख गोबिन्द कडेलले बताउनुभयो ।



