मुसिकोट गुल्मी । गएराति मुसिकोट स्थित वामीटक्सार बजारका विभिन्न पसलमा तोडफोडसङ्गै चोरी भएको छ ।
झन्डै ७ देखि नौ वटा पसलमा चोरि भएको अनुमान सहित प्रहरि अनुसन्धानमा जुटेको छ । वामीटक्सारमा चोरिका घटना पछिल्लो बढेको स्थानियले बताएका छन । चोरले निकै चलाखिपुर्ण तरिकाले पसलहरुका चाबि काटेर नगद चोरि गरेको बताइर्को छ ।
वामी बसपार्क स्थित सागर स्टोर्सको सिसि क्यामेराको तोडफोड समेत गर्न खोजेको सन्चालक श्रीकृष्ण सापकोटाले बताउनुभयो ।

वामीटक्सारको बसपार्क देखि पल्टारसम्मका विभिन्न भएको घटनामा के कति चोरि भयो भन्ने यकिन चाहि नभएको प्रहरिले जनाएको छ ।
राम्रोसँग रातको समयमा निदाउन र दिनको समयमा ढुक्क भएर ब्यापार व्यव्साय गर्न निकै त्रास भएको स्थानियले बताएका छन । के कति चोरि भएको हो भनेर अहिले वामी पल्टारमा रहेको श्रेष्ठ स्टेसनरीबाट प्रहरिले अनुसन्धान सुरु गरेको छ ।


