मुसिकोटमा पोखरिमा डुबर एक जनाको मृत्यु !

गुल्मी । गुल्मीमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका-५ बरारुख भन्ने स्थानमा पोखरीमा डुबेको अवस्थामा महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपलाचन्द्र भट्टराईले बताए ।

एसपी भट्टराईका अनुसार बिहीबार बिहान सार्वजनिक पोखरीमा अन्दाजी ६७/६८ वर्षीया महिला डुवको अवस्थामा भेटिएको हो । मृत अवस्थामा भेटिएकी महिलाको पहिचाहन हुन बाँकी रहेको प्रहरी उपरिक्षक (एसपी) भट्टराईले बताए । घटनाबारे थप अनुसन्धान भइहेको गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

यो पनि पढ्नुहोस् — बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।जिल्लाको रम्भा गाउँपालिका-१ पन्टारमा लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो ।

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।

थापालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय