भुवन काफ्ले, मुसिकोट गुल्मी । गुल्मीको रिडि रुद्रवेणी वामीटक्सार सडक खण्ड अन्तर्गत वामी-भुवाचिदी सडक खण्ड कालोपत्रेको काम पुनः सुरु भएको छ ।
बाटो कालोपत्रेको जिम्मा पाएको श्रेष्ठ कन्ट्रक्सनले पटक पटक समय थप गर्दै कालोपत्रेको काममा ढिलाई गरेपछि आईतबार देखि अबिलम्व काम गर्न माग गर्दै वामीबासिहरु संघर्ष समिति नै गठन गरि आन्दोलनमा उत्रिएका थियो ।
संघर्ष समितिको नेतृत्वमा आईतबार देखि निरन्तर आन्दोलन र श्रेष्ठ कन्ट्रक्सनले सञ्चाल गरेका सबै साधनहरु बन्द गराई अबिलम्व काम सुरु नगरे कडा आन्दोलनमा उत्रने दबाव दिए पछि बुधबार निर्माणको जिम्मा पाएका श्रेष्ठ कन्ट्रक्सनका निर्माण व्यवसायी हरि कुमार श्रेष्ठ वामी आई आन्दोलनरत सघंर्ष समिति र स्थानियबीच छलफल गरि बुधबार देखिनै काम सुरु गरेको सघंर्ष समितिका सयोंजक फुल प्रसाद सापकोटाले जानकारि दिनुभयो ।
छलफलका क्रममा निर्माण व्यवसायी हरि कुमार श्रेष्ठले बुधबारबाटै कालोपत्रेको काम सुरु गरिएको जानकारी गराउँदै विगतमा तापक्रम, कोरोना सक्रंमण लगायतका अन्य विविध कारणबस पनि ८० प्रतिशत काम सम्पन्न भएको दाबी गर्दै बाँकी काम चैत्र मसान्तसम्म सक्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनका कार्यक्रम रोक्न सघंर्ष समितिलाई आग्रह गरेका थिए ।
निर्माण ब्यबसायिले काम सुरु गरेपनि पटक पटक म्याद थपेर उक्त सडक खण्ड कालोपत्रेको काम पुरा नगरेकाले यस पटकपनि कुनै बिश्वास नरहेकाले आन्दोलनका कार्यक्रमहरु काम पुरा नभएसम्म जारि रहने संघर्ष समितिले बताएको छ ।
आन्दोलनका कार्यक्रमहरु निरन्तर चल्ने भएपनि कालोपत्रको काममा भने कुनै अबरोध पुर्याउने छैनै तर यस पटक पानि आलटाल गरि काम पुरा नगरेमा काडा आन्दोलनमा जाने र श्रेष्ठ कन्ट्रक्सनबाट सञ्चाल भएका सबै निर्माणका कामहरु ठप्प पार्ने संघंर्ष समितिले चेतवानि समेत दिएको सयोंजक सापकोटाले जानकारि दिनुभयो ।


