काठमाडौं – सरकारले बिहीबार ग्याल्पो ल्होसारको सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
बुधबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

यो पनि पढ्नुहोस् – जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
गौरीशंकरबाट बयलबासतर्फ जाँदै गरेको ज ११ प ८९४५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई ईश्वरपुर नगरपालिका-१३ स्थित अमुवा खोलाको पुलबाट ५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
पुलको दाहिने साइडमा ठक्कर दिएर पुलबाट ५ मिटर तल खस्दा मोटरसाइकल चालक महोत्तरीको औरही नगरपालिका-१ बस्ने ३२ बर्षीय चन्दनकुमार साह रहेका छन् ।
त्यसै गरि पछाडि सवार सर्लाहीको कविलासी नगरपालिका-२ पिपरिया बस्ने २५ बर्षीय रामविश्वास मण्डलको मृत्यु भएको भएको प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
दुबैको घटनास्थलमै मृत्यु भएको र शवलाई अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।


