श्री राधाकृष्ण मंदिर इन्द्रेगौडा गुल्मी मा शिवरात्री पर्व तथा सम्मान कार्यक्रम सम्पन्न

सुरज भट्टराई गुल्मी  । मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौडा मा अबस्थित राधाकृष्न मन्दिर मा शिवरात्री बिशेष मेला तथा निबर्तमान समिती सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

मुसिकोट नगरपालिकाको पर्यटकिय क्षेत्रअन्तर्गत पर्ने यो मन्दिरमा दिनहु पुजाआजा चल्ने गर्दछ ।

सोहि बमोजिम मङ्गलबार शिवरात्रीमा विहानैबाट विद्वान ब्रहामण बाट वेद , रूद्री , चन्डी , गिता लगाएतका पाठपारायण संगै शिवको पुजाआजा सहित भजनकृतन गरेर शिवरात्री पुजा सम्पन्न भएको हो ।

मङ्गलबार गुल्मीका विभिन्न स्थानबाट करिव २०० जना भक्तजनहरू मन्दिरमा दर्शन गर्न आएको मन्दिर ब्यावस्थापन समितीका सचिव डिल व अधिकारीले जानकारि दिनुभयो ।

पुजा गर्न आऊने भक्तजनहरूलाई चिया , प्रसाद आदिको ब्यावस्थापन गरिएको थियो ।

सोही कार्यक्रममै बर्तमान अधक्ष बिस्नु भन्डारिको अधक्षतामा एक औपचारिक कार्यक्रमका बिच २०६१ सालमा मन्दिर निर्माण भईसकेपछि आजसम्स मन्दिर ब्यावस्थापन समितिमा रहेर काम गर्ने रतन खरेल , शुरेश गिरी र त्तत्कालीन गाविस अधक्षमा रहेर मन्दिरको शिल्यानाश गर्ने व्याक्कि जिवन खरेललाई मन्दिरको तर्फवाट दोसल्ला ओढाई ,

मायाको चिनो प्रदान गरि फुलमाला र टिकाले सम्मान गरिएको थियो सोहि क्रममा आफुहरू अबवाट समितीमा नरहेपनि बाहिरबाट मन्दिरको विकाशमा के सहयोग गर्न पर्छ ?

सहयोग गर्न पछि नहट्ने जानकारि दिनुभएको थियो l

कार्यक्रममा बोल्दै अधक्ष भन्डारिले त्यो बेला मन्दिर बनाऊन सहयोग पुर्याऊने स्व शंकरप्रसाद खराल , स्थानिय सरकारसंग समन्वय गरेर मन्दिरको भौतिक , आर्थिक , सामाजिक आदि विकाशमा लागेको जानकारि दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय