UWS नेपाल गुल्मी शाखाद्वारा फेलोमिट कार्यक्रमको समापन।।

कृष्ण भट्टराई गुल्मी,१६ फागुन । युनाइटेड वर्ल्ड स्कुल्स नेपाल(UWS Nepal)गुल्मी शाखाको आयोजना तथा ठुलिचौर आधारभूत बिद्यालय मालिका -४ अर्खावाङ्ग गुल्मिको समन्वयमा संचालित चार दिने फेलोमिट कार्यक्रमको समापन गरिएको छ।

फागुन १३ गतेदेखी संचालन भएको फेलोमिट कार्यक्रम अवधिमा शिक्षक/बिद्यार्थिका विभिन्न प्रतियोगिता संचालन भएका थिए।

त्यस्तै महिला स्वास्थ्य तथा महिनावारीको समयमा ख्याल गर्नुपर्ने विभिन्न स्वास्थ्य मापदण्ड समेटिएको बिशेष कार्यक्रम ,पाठयोजना निर्माण,बिद्यालय सङगै रहेको स्थानीय बजारक्षेत्रको सरसफाइ ,लगाएत ठुलिचौर आधारभूत बिद्यालय क्षेत्रमा बृक्षारोपण गरिएको थियो।

यसैगरी कार्यक्रम अवधिमका विभिन्न प्रतियोगितामा बिजयी हरुलाइ पुरस्कारद्वारा सम्मान गरिएको UWS नेपाल गुल्मी शाखाले जानकारी दिएको छ।मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा विभिन्न UWS बिद्यालयमा कार्यरत फेलो शिक्षकहरु: लहना महर्जन,शिचु महर्जन ,बिजु गुरुङ्ग,सुमिना ढुङ्गाना ,बिदिप दनेखु,भवितो महर्जन लगाएतको सहभागिता रहेको थियो।

चार दिन सम्म संचालन भएको उक्त कार्यक्रममा युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाका शिक्षा अधिकृत अनुज सिग्देल ,प्राबिधिक सहायक सुरज जि सि,फेलो एसोसिएट नविना देसार लगाएतको बिशेष उपस्थिती रहेको थियो।

समापन समारोहमा ठुलिचौर आधारभूत बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष प्रेम प्रसाद भट्टराईको अध्यक्षता ,मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाको प्रमुख आतिथ्यता,मालिका गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत दीपक भण्डारी र UWS नेपाल गुल्मी शाखा शिक्षा अधिकृत अनुज सिग्देलको बिशेष आतिथ्यता रहेको थियो।समापन कार्यक्रमको संचालन UWS नेपाल स्कुल मोबिलाइजर भेषराज अधिकारी र मिना बोहोरा सिंजालिले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय