समाजसेवी थापाद्धारा मुसिकोटका दर्जीलाई आर्थिक सहयोग ।

कौरव खत्री । गुल्मी मुसिकोट नगरपालिका वडा नं. १ बाङ्गे निवासी शंकर दर्जीलाई स्वास्थ्य उपचारको लागि आर्थिक सहयोग रकम gहस्तान्तरण गरिएको छ ।

एक कार्यक्रमका बीच घरको आर्थिक अवस्था कमजोर भएका दर्जी परिवारलाई नगद रु ५० हजार नगद रकम हस्तान्तरण गरिएको थियो ।

दर्जीको स्वास्थ्य उपचारार्थको लागि बाँके जिल्ला खजुरा गाँउपालिका वडा नं. ४ निवासी हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहदै आउनु भएका समाजसेवी लिल बहादुर थापाले दर्जीलाई नगद आर्थिक सहयोग गर्नु भएको हो ।

साथै दर्जीको औषधी उपचारको लागि सहयोग गर्नुहुने आर्थिक सहयोगी थापालाई दर्जी परिवारले विशेष धन्यवाद दिनुभयो ।

त्यस्तै सोही रकम हस्तान्तरण कार्यक्रममा भगवति निमाविका प्रधानाध्यापक श्यामन्त नेपालीले शंकर दर्जीको औषधी उपचारको लागि सहयोग जुटाउन पहल गर्नुहुने पत्रकार कौरव खत्री,पत्रकार दिपक नेपाली र आर्थिक सहयोगदाता लिल बहादुर थापालाई धन्यवाद दिनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा मुसिकोट नगरपालिका १ बाङ्गेका भगवति निमाविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा समाजसेवी दान बहादुर केसी,भगवति निमाविका प्रधानाध्यापक श्यामन्त नेपाली,

नेपाल पत्रकार महासंघ गुल्मीका कोषाध्यक्ष कौरव खत्री,रेडियो पुष्पाञ्जलीका कोअर्डिनेटर एंव पत्रकार विष्णु प्रसाद आचार्य, जिटिभी नेपालका संञ्चालक दिपक नेपाली,पत्रकार सुरज नेपाली,पत्रकार पेगा निमावि शिक्षक माधव खरेल,

प्रेम परियार,रामचन्द्र खाती,समाजसेवी तारादेवी गौतम,समाजसेवी पेम परियार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय