युनाइटेड वर्ल्ड स्कुल्स नेपाल द्वारा फेलोमिट कार्यक्रम सन्चालन

कृष्ण भट्टराई गुल्मी । युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाको आयोजना तथा ठुलिचौर आधारभूत बिद्यालय मालिका ४ अर्खावाङ्ग गुल्मिको सहकार्यमा UWS नेपाल मार्फत गुल्मी जिल्लामा कार्यरत फेलो शिक्षकहरु तथा विभिन्न बिद्यालयलाइ लक्षित गरि आयोजना गरिएको ४ दिने फेलोमिट कार्यक्रमको ठुलिचौर आधारभूत बिद्यालय मा उद्घाटन भएको छ।

UWS नेपालमा आवद्ध विभिन्न बिद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरुले संस्थासङ्ग सहकार्य गर्नु पुर्व र सहकार्य पश्चातको शैक्षिक गुणस्तर बिकासलाइ आफ्नो मन्तव्यमार्फत प्रस्तुत गर्नु भएको थियो।

बक्ताहरुले संस्थासङ्गको सहकार्य पछि बिद्यालयको पुर्वाधार ,शैक्षिक गुणस्तर बिकास ,वातावरणिय पक्ष तथा बिद्यार्थिको सिकाइ स्तरमा उल्लेखनीय सकारात्मक परिवर्तन भएको भन्दै युनाइटेड वर्ल्ड स्कुल्स नेपाललाइ सहकार्यको लागि धन्यवाद ज्ञापन गरेका थिए।

मालिका गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत दीपक भण्डारीको प्रमुख आतिथ्यता रहेको समुदघाटन कार्यक्रममा , विभिन्न UWS बिद्यालयमा कार्यरत फेलो शिक्षकहरू लहना महर्जन ,शिचु महर्जन ,बिजु गुरुङ्ग ,सुमिना ढुङ्गाना,बिदिप दनेखु ,भवितो महर्जन लगाएतको उपस्थिति रहेको थियो ।

चार दिनसम्म संचालन हुने उक्त कार्यक्रममा युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाका शिक्षा अधिकृत अनुज सिग्देल ,प्राबिधिक सहायक सुरज बहादुर जि.सि.फेलो एसोसिएट नविना देसार लगाएतको बिशेष उपस्थिती रहेको संस्थाले जानकारी दिएको छ।संखुवासभा जिल्लामा मुख्य कार्यलय रहेको संस्थाले गुल्मी र ताप्लेजुङ्ग जिल्लामा विभिन्न बिद्यालयसङ्ग सहकार्यको माध्यमबाट आवश्यक पुर्वाधार निर्माण,शैक्षिक सामग्री ,तालिमप्राप्त फेलो शिक्षक,सामुदायिक शिक्षक नियुक्ति लगायत बालमैत्री बाताबरणमा बिद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरुलाइ विभिन्न किसिमका तालिमहरु संचालनमा आवश्यक सहयोग गर्दै आइरहेको छ।फेलोमिट समुद्घाटन कार्यक्रममा ठुलिचौर आधारभूत बिद्यालयका ब्यवस्थापन समिती अध्यक्ष प्रेम प्रसाद भट्टराईको अध्यक्षता,

मालिका गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत दीपक भण्डारीको प्रमुख आतिथ्यता,मालिका गाउँपालिका वार्ड नं ४ का वडाध्यक्ष हिरालाल अर्यालको बिशेष आतिथ्यता रहेको थियो।

युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी स्कुल मोबिलाइजर भेषराज अधिकारिको सहजीकरण रहेको कार्यक्रम स्कुल मोबिलाइजर मिना बोहोरा सिंजालीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय