काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकले संस्थापक सेयरधनी दिपकलाल बटाजुको नाममा रहेको १४ हजार १२ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । उक्त संस्थापक सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन ।
उक्त सेयर खरीद गर्न इच्छुक बैंकका हाल कायम रहेका संस्थापकहरुले आवेखन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले आजैका मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
तोकिएको उक्त समय अवधिमा सेयर खरीदका लागि संस्थापक सेयरधनीहरुबाट आवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।


