मङ्गलबार राती मुसिकोट नगरपालिका बडागाउ स्थित बडागाउ स्वास्थ्य चौकीको एम्बुलेन्समा भएको आगलागीको छनबिन गरि दोषिलाइ यथाशीघ्र कारवाहि गर्न नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिले माग गरेको छ ।
बुधबार एक प्रेस विग्यप्ति जारी गर्दै घटनाको छनबिन गरि दोषिलाइ कारवाहि गर्न माग गरिएको र सुरक्षा व्यवस्था मजबुत बनाउन सम्बद्द निकायलाइ ध्यान आकर्षण गरिएको नेपाली काङ्ग्रेस मुसिकोटका नगर सभापति मोहन घिमिरेले हस्ताक्षर गरेको विग्यप्तिमा उल्लेख गरिएको छ ।
विषेश गरि मुसिकोट नगरपालिकाको वडा नम्बर २,३ र ४ मा सेवा दिइरहेको बिरामी बोक्ने एम्बुलेन्स माथी भएको आगजनीको घटनाले सभ्य समाजलाइ दुषित बनाएको विग्यप्तिमा उल्लेख गरिएको छ ।
सरकारी मातहतमा संचालित सरकारी सम्पत्तिको संरक्षण गर्नु स्थानिय सरकारको दायित्व समेत रहेकोले मङ्गलबार राती एम्बुलेन्समा भएको आगजनीको गम्भिर रुपमा अनुगमन गरि सुरक्षा र व्यवस्थापनलाइ बलियो बनाउन नगरपालिका र स्वास्थ्य शाखालाइ नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिले ध्यानाकर्षण गराएको छ ।
नेपाली काङ्ग्रेस मर्यादित तथा अनुशाशित सामाजिक जीवनको पक्षधर भएकोले समाजमा हुने यस्ता दु:खद घटना सहेर बस्न नसक्ने भएकोले सभ्य समाजको लागि गलत कर्ममा लाग्ने जो कोहिलाइ कार्वाहि गर्न भन्दै मुसिकोट नगरपालिकासङ्ग सम्बद्ध सबैलाइ आह्वान गरेको छ ।
त्यस्तै घटनामा सम्लग्नलाइ छानबिन गरि कारवाहि गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाइ समेत काङ्ग्रेसले आह्वान गरेको छ ।



