नेकपा एमाले मुसिकोट २ को आयोजनामा जनबर्गिय सङ्गगठनहरुको भेला सप्पन्न

नेकपा एमाले मुसिकोट नगरपालिका २ वडा कमिटीको आयोजनामा जनबर्गिय सङ्गगठनहरुको भेला मुसिकोट देउरालीमा सप्पन्न भएको छ।

नेकपा एमाले मुसिकोट नगरकमिटी कार्यक्रम अनुसार आज उक्त कार्यक्रम आयोजना गरिएको हो। सङ्गठनलाइ सृढिण गर्दै जनताको माज पार्टीका कुराहरु पुर्याउनका लागि र पार्टी सङ्ग्ठन को कामलाइ अगाडि बढाएको भेला आयोजना गरिएको बताइएको छ।

कार्यक्रममा बोल्दै जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरकमिटी इन्चार्ज क जीवन खरेल ले निर्बाचित जनबर्गिय सङ्गठनका पदाधिकारीहरुलाइ बधाइ ग्यापन गर्दै पार्टीको काममा लाग्न अनुरोध गर्नुभयो साथै पार्टी अगाडि सारेका नीति को बारेमा जानकारी गराउनु भयो ।

युबा सघ नेपाल को वडा कमिटीको इन्चार्जमा जगत अधिकारी सङ्गै सागर नेपालीको अध्यक्षतामा १०१ सदस्यीय युवा संघ नेपाल गठन गरिएको छ।

अनेम संघ को वडा कमिटीको इन्चार्जमा कोपिला घिमिरे सङ्गै राधिका घिमिरेको अध्यक्षातामा १०१ अखिल नेपाल महिला संघ वडा कमिटी गठन गरिएको छ।

उत्पीडित दलित मुक्तीको वडा कमिटी इन्चार्जमा शिव बहादुर नेपाली र बम बहादुर नेपालीको अध्यक्षतामा १०१ समिति गठन गरिएको छ।

यश अघि नै जेष्ठ नागरिक मन्च हुत बहादुर बोहोराको अध्यक्ष तामा ५१ सदस्य समिती गठन गरिएको थियो।वडा भित्र का ८ वडा टोल गठन सम्पन्न सङ्गै आज कार्यक्रम गरिएको वडा कमिटी अध्यक्ष हरि कुवर ले जानकारी दिनु भयो।

कार्यक्रममा जिल्ला सदस्य क जीवन खरेल वडा अध्यक्ष लक्ष्मण खत्री नगर कमिटी सदस्य धुर्ब पछाइ बाबुराम खत्री कोपिला घिमिरे शिव बहादुर नेपाली कल्पना पन्थी घिमिरे पुर्ब वडा कमिटी अध्यक्ष मदन घिमिरे अखिल नेपाल महिला सघ मुसिकोट नगरकमिटी अध्यक्ष गगा श्रेष्ठ सचिव साबित्रा बिष्ट युबा सघ नेपाल मुसिकोट उपाध्यक्ष सुरज नेपाली सचिवालय सदस्य जगत अधिकारी कार्यपालिका सदस्य गोबिन्द नेपाली जेष्ठ नागरिक मन्च वडा कमिटी अध्यक्ष हुत बहादुर बोहरा टोल कमिटी इन्चार्ज तथा पदाधिकारीहरु लगायत पार्टीका शुभेच्छुकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रम वडा कमिटी अध्यक्ष हरि बहादुर कुवरको अध्यक्षता मा सम्पन्न भएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय