सडक दुर्घटनामा परि२ जनाको मृत्यु

शनिबार दाङ र बर्दियामा भएका सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ ।

दाङको लमही उपमहानगरपालिका–२ स्थित बनकटुवा भन्ने स्थानमा रा.१ ख.२२३८ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री ५६ वर्षीया राममती चौधरीको मृत्यु भएको हो 

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा  जनाइएको छ । उता बर्दियाको बाँसगढी नगरपालिका–४ बठुवास्थित सडकमा भे २ त १३१६ नम्बरको ट्याक्टर  दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका–७ बस्ने १५ वर्षीय सुमन थारु रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको कौशिल्या अस्पतालमा बाँसगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य १६ जनालाई उपचारका लागि मेडिकल कलेज कोहलपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ   

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय