बर्दिया । बासगढी नगरपालिकामा शनिबार दिउँसो बेहुली पठाएर फर्कँदै गरेको ट्याक्टरसहित ट्रली पल्टिँदा एक जनाको मृत्यु भएको छ । घटनामा १५ जना घाइते भएका प्रहरीले जनाएको छ ।
ठाकुरद्वारा नगरपालिका–७ बाट बासगढी–४ बठुवामा बेहुली पठाउन आएको भे २ त १३९६ नम्बरको ट्याक्टर फर्कने क्रममा मगरपुर, बठुवा र बेलौली जाने चोकमा पल्टिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ठाकुरबाबा–७ का १५ वर्षीय सुमन थारुको उपचारको क्रममा मृत्यु भएको र दुर्घटनामा १४ जना घाइतेको शिक्षण अस्पताल कोहलपुरमा र एक जनाको स्थानीय निजी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए । – लुम्बिनी हब
यो पनि पढ्नुहोस् – गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले ।
नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर थल खोल्सामा खसे पछि विवाहको रमझम क्षणभरमै शोकमा परिणत हुनपुग्यो । सोही वडाको धनुवा टोलका कृष्णबहादुर रानाकी छोरीको विवाहमा यस्तो अकल्पनीय घटना घटेको हो ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार ४० वर्षीय नेपालीलाई तल खोल्साबाट उठाई माथि नाच्ने ठाउँमा ल्याएर सुताएकोमा उनको शनिवार बिहान मृत्यु भएका हुन् ।
शनिवार बिहान हेर्दा निजको मृत्यु भइसकेको भनी खबर प्राप्त हुन साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा पुगेर अनुसन्धान गरिएको डिएसपी त्वातीले बताए ।


