अनिष पाठक – बागलुङ । शुक्रबारी राति सबा १० बजेतिर भएको आगलागीबाट बडिगाड गाँउपालिका १ तुम्डाँडामा एक घर र गोठमा क्षती पुगेको छ ।
रातको समयमा लागेको आगलागीबाट हिरा बहादुर दर्जिको घर पुर्ण रुपमा र गोठमा सामान्य क्षती पुगको वडा अध्यक्ष बोम बहादुर थापाले जानकारी दिए ।
रातको समयमा लागोको आगो करिब ११ बजेको समयमा नियन्त्रणमा लिईएको थियो ।
आगो के कारणले लागेको भन्नेबारे केहि पात्ता लागेको भने छनै ।
घटनाबारे खर्वाङ प्रहरीलाई जानकारी गराएको र के कति क्षति भएको भनरे प्रहरीको मुचुल्कापछि मात्र थाहाँ हुने अध्यक्ष थापाले बताए ।


