भुवन काफ्ले मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मुसिकोट नगरपालिका वडा नम्बर १-९ मा रहेका बिभिन्न स्वास्थ्यचौकीहरुमा गरिएको ४ जनाको एन्टिजेन परिक्षणबाट ३ जनामा कोरोना संक्रमण देखिएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
आज कोरोना संक्रमित हुने मध्यमा मुसिकोट नगरपालिका वडा नम्बर ३ का २ जना महिला र वडा नम्बर ५ कि १ जना महिला रहेका छन् ।
आज थप ३ जना कोरोना संक्रमित थपिएसंगै मुसिकोट नगरपालिकामा कोरोनाको तेस्रो भेरियन्ट ( ओमिक्रोन) बाट संक्रमित भएका कुल सक्रिय संक्रमितको संख्या १४७ पुगेको छ ।
अहिले संक्रमित सबैको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा संयोजक डिबी जिसीले जानकारी दिनुभयो ।


