गोकर्ण पाण्डे गुल्मी । गुल्मीमा मंगलबार थप १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय गुल्मीका अनुसार रुरुक्षेत्र गाउपालिकामा ६४ जना, मालिका गाउपालिकामा १५ जना , सत्यवति गाउपालिकामा १३ जना, छत्रकोट गाउपालिकामा १२ जना,रेसुंगा नगरपालिकामा ९ जना,गुल्मीदरबार गाउपालिकामा ६ जना, कालीगण्डकी गाउपालिकामा ५ जना,चन्द्रकोट गाउपालिकामा ५ जना,धुर्कोट गाउपालिकामा २ जना, इस्मा गाउपालिकामा १ जना गरि गरि १३२ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
योसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय २९ जना पुगेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
देशभहरको अपडेट
काठमाडौं । नेपालमा मंगलबार थप ५ हजार ५८३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यस्तै थप ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र ६ हजार ८९८ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ९२६ जना गरी कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।हाल देशभरमा ७४ हजार ६५३२ सक्रिय संक्रमित छन् भने ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८८ हजार २५१ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ७५२ पुगेको छ भने ८ लाख ७१ हजार १६५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभरमा ७३ हजार १७८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २७९ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ८८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १८४ जना कोरोना संक्रमित थपिएका छन् ।


