टिपरले ठक्कर दियो, दुई जनाको मृत्यु

 बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् ।  

जिल्लाको बढैयाताल  गाँउपालिका–३ सतपतियामा  साँझ करिव ९ बजेको समयमा  आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने  अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  थियो ।  

 बर्दियाका जिल्ला प्रहरी प्रमुख  एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी    बजेतिर  घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिँदै टिपर पनि पल्टेको थियो ।

 टिपरको ठक्करबाट सतपतियाटोलका  ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा मृत्यु भएको  एसपी कार्कीले जानकारी दिए ।  

उनका अनुसार    गम्भीर  घाइते भएका  वर्ष ३५ की  प्रमिला चौधरी, वर्ष ४० की  चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।-रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय