यस्तो छ नेपालमा पघिल्लो एक हप्ताको कोरोना संक्रमणको अबस्था !

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले ओरालो लागेको छ। कोरोनाको तेस्रो लहर सुरु भएको छोटो समयमै संक्रमणदर घट्न थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अघिल्लो हप्ता १ लाख १६ हजार ६१३ पीसीआरमा परीक्षण भएको थियो । जसमध्ये ५५ हजार ५ सय ९५ जनामा संक्रमण पुष्टि भएको थियो। तर यो साता १ लाख १ हजार ३ सय ११ पीसीआर परीक्षण हुँदा ४२ हजार ५९६ जनामा मात्रै संक्रमण देखिएको हो।

यो हप्ता संक्रमण दर घटेर ४२ प्रतिशतमा झरेको छ। मन्त्रालयका अनुसार अघिल्लो हप्ताको तुलनामा संक्रमण दरमा ४ प्रतिशतले कमी आएको हो ।

तर एन्टिजेन परीक्षणबाट भने संक्रमण दर केही बढी देखाएको छ। अघिल्लो हप्ता गरिएको ३२ हजार ९९६ एन्टिजेन परीक्षणमा ११ हजार ८ सयमा संक्रमण पुष्टि भएको थियो।

यो हप्ता ३९ हजार ८३४ एन्टिजेन परीक्षण गर्दा १४ हजार ३५५ जनामा संक्रमण पुष्टि भएको हो । एन्टिजेनतर्फ संक्रमणदर बढेर ३६.१ प्रतिशत पुगेको छ। अघिल्लो हप्ताको तुलनामा संक्रमण दर २.७ ले बढेको हो। तर दुवैतर्फ औसतमा ४ प्रतिशतले संक्रमण दर घट्न पुगेको हो । – ज्योतिन्यूजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय