विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी । नेपाली काङ्ग्रेस मुसिकोट गुल्मीको आयोजनामा आज शहिद दिवसको अवसर पारेर सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
तत्कालीन राणाशाशकहरुको दमनबाट प्रताडित नेपाली जनताको स्वतन्त्रताको लागि आफ्नो अमुल्य जीवन गुमाएका अमर बीर शहीदहरुको सम्झना गर्दै मुसिकोट नगरपालिकाको कार्यालयदेखि वामी बसपार्कसम्म सरसफाइ गरिएको काङ्ग्रेस नगर सभापति मोहन घिमिरेले जानकारी दिनुभयो ।
शहीद दिवसजस्तो पवित्र दिनको अवसर पारेर गरिएको सरसफाइ कार्यक्रमले देशभक्त शहीदहरुको सम्झना गराउने र सधैभरि सबैलाइ पवित्र कर्ममा लागिरहन प्रेरणा मिलोस भन्ने उद्देश्यले कार्यक्रम गरिएको काङ्ग्रेस नेताहरुले बताएका छन ।

साथै नगरपालिका परिसर र बसपार्क सम्म गरिएको यस सरसफाइले नगर वरिपरि स्वच्छ वातावरण राख्नको लागि जनप्रतिनिधि सधै उद्दत रहनुपर्छ भन्ने सन्देश प्रवाह गर्न खोजिएको काङ्ग्रेसले बताएको छ ।
मुसिकोट नगरपालिकाको परिसरमा भएको बाहिरी फोहोर र भित्री फोहोर सफा होस र एउटा स्थानिय राज्यले गरेका कामहरु पारदर्शी हुनुपर्छ भन्ने उद्धेश्य पनि सोहि कार्यक्रमको रहेको काङ्ग्रेस नेताहरुको भनाइ छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु सापकोटा,कल्पना घिमिरे,नेपाली काङ्ग्रेस गुल्मीका पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा,मुसिकोटका छाया सरकार प्रमुख झबिलाल भण्डारी,तरुण विभागका केन्द्रिय सदस्य बीर बहादुर जिसी लगायतको उपस्थिति रहेकोे थियो ।
त्यस्तै कार्यक्रममा नेपाली काङ्ग्रेसका गुल्मी जिल्ला सदस्य विष्णुराज भण्डारी, क्षेत्र नम्बर २ प्रदेश सभा २ क का उपसभापति फन बहादुर रायमाझि, कार्यकर्ता,भातृ सङ्गठनहरु नेपाल विद्यार्थी सङ्घ,नेपाल महिला संघ,नेपाल तरुण दल,शुभेच्छुक लगायतको सहभागिता रहेको नेपाली काङ्ग्रेस मुसिकोटकी नगर सह सचिव सुस्मा सापकोटा तिवारीले जानकारी दिनुभयो ।



